२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल लाइफले १४ प्रतिशत बोनस शेयर दिने, शेयर धनी ठगिदै

923
shares

वीरगञ्ज । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत बर्षको मुनाफा बाट आफ्ना लगानीकर्ताका लागि १४ प्रतिशत बोनस शेयर पारित गरेको छ । साथै कम्पनीले कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गरेको छ ।

बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी आठ अर्ब २० करोड ७९ लाख रुपियाँ हुनेछ । उक्त चुक्ता पूँजी बीमा क्षेत्रकै सबैभन्दा धेरै हो । कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष गोविन्द संघाईले गएको आर्थिक बर्षमा कुल बीमा शुल्क करिब २७ अर्ब ६५ करोड आर्जन गरी सर्वाधिक बजार हिस्सा हासिल गर्न सफल भएको बताए ।

उनले २१ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौति बीच नयाँ उचाइमा अगाडि बढाउन सकेको भन्दै, संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी आगामी दिनहरुमा अगाडि बढ्ने बताए ।

कम्पनीका सीईओ प्रवीणरमण पराजुलीले बीमा समिति बाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको बताए । उनले सम्पत्ति र दायित्व बीच सन्तुलन कायम गर्न पूँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरुमा दीर्घकालिन पूँजीगत लगानीका लागि ठोस कार्य गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढेको जानकारी दिए ।

अहिले नेपाल लाइफको लगानी एक खर्ब ३३ अर्ब ८६ करोड रूपियाँ रहेको छ भने जीवन बीमाकोषमा १२४ अर्ब, शेयरधनी कोषमा नौ अर्ब ६७ करोड रूपियाँ रहेको छ । कम्पनीमा दुई लाख भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको र देशभर २०२ कार्यालय रहेको कम्पनीले जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports