विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले बुझायो निर्वाचन आयोगलाई विरोध पत्र

637
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचासंहिताप्रति असहमति राख्दै ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । उसले आज बिहीबार महासचिव शंकर पोखरेलको नेतृत्वमा आयोग पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

एमालेले आयोगले बुझाएको ध्यानाकर्षण पत्रमा स्थानीय पालिका सदस्यहरू, मन्त्री र प्रधानमन्त्रीले चुनावी प्रचार अभियानमा संलग्न हुन नपाइने प्रस्तावको विरोध गरेको छ । उसले मन्त्री, प्रधानमन्त्री पक्षपाती देखिन नहुने भए पनि चुनाव प्रचार नै रोक्नु गलत हुने दाबी गरेको छ ।

आयोगले तयार गरेको आचारसंहिताप्रति एमालेसहित साना दलले प्रश्न उठाउदै आएका छन् । आयोगले चैत २२ मा आचारसंहिताबारे छलफल गर्न दलहरूलाई बोलाउँदा आचारसंहिताका केही बुँदामाथि प्रश्न उठाएर साना दलले होहल्ला गरेका थिए भने एमाले हस्ताक्षर नगरी फर्किको थियो ।

आयोगले उम्मेदवार भएका स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावको एमालेले विरोध गरेको छ । त्यसैगरी एमालेले मतदान अधिकृतले मतपत्र सदर वा बदर गरेको निर्णयमा प्रश्न उठाउन नपाइने प्रस्तावको पनि विरोध गरेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports