विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साताको अन्तिम दिन नेप्सेमा ३५ अंकको सुधार

728
shares

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३५ दशमलव ६६ अंकले बढेको छ । आज साताको अन्तिम दिन शेयर बजार बढेको हो । हिजो चौथो दिनसम लगातार घटेको बजार आज भने ३५ अंकको सुधार देखिएको हो । आज शेयर बजार २४६४ दशमलव ३१ को विन्दुमा कायम भएको छ ।

आज १७४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७ वटा कम्पनीको शेयर मुल्य मात्र घटेको छ । आज सबै उपसूचक बढेका छन् । आज अन्य उपसूचक ३ प्रतिशतले बढेको छ । आज दिनभरिमा २२४ वटा कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १२ करोड १५ लाख ११ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरे नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ७ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्राइम कमर्सियल बैंकको ६ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ६ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल टेलिकमका लगानीकर्ताले ५ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports