kumari
stcnepal

साताको अन्तिम दिन नेप्सेमा ३५ अंकको सुधार

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३५ दशमलव ६६ अंकले बढेको छ । आज साताको अन्तिम दिन शेयर बजार बढेको हो । हिजो चौथो दिनसम लगातार घटेको बजार आज भने ३५ अंकको सुधार देखिएको हो । आज शेयर बजार २४६४ दशमलव ३१ को विन्दुमा कायम भएको छ ।

आज १७४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७ वटा कम्पनीको शेयर मुल्य मात्र घटेको छ । आज सबै उपसूचक बढेका छन् । आज अन्य उपसूचक ३ प्रतिशतले बढेको छ । आज दिनभरिमा २२४ वटा कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १२ करोड १५ लाख ११ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरे नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ७ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्राइम कमर्सियल बैंकको ६ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ६ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल टेलिकमका लगानीकर्ताले ५ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

 

footer