तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

क्रान्तिकारी माओवादी बाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादीमा समाहित

572
shares

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी बाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । नेकपा(क्रान्तिकारी माओवादी) परित्याग गरी सो पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा गठन भएको संयुक्त समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादीमा समाहित भएको हो ।

बिहीबार नेकपा(एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव बेदुराम भुसालले मोर्चाका अध्यक्ष भण्डारी सहित दजनौँलाई एकीकृत समाजवादीमा प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्दै मोर्चाका अध्यक्ष भण्डारीले आफूहरुको तत्कालीन पार्टीले निर्वाचनलाई बहिष्कार, उपयोग र फेरि वहिष्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले सो पार्टी परित्याग गरी संयुक्त समाजवादी मोर्चा गठन गरिएकोमा एकीकृत समाजवादी सँग आफूहरु सिद्धान्त मिलेकाले प्रवेश गरिएको बताए ।

एकीकृत समाजवादीको शान्तिपूर्ण ढंगले समाजवादी क्रान्ति तर्फ अघि बढ्ने लक्ष्यमा आफुहरुको योगदान हुने उनले बताए । उनले भने, ‘हामी के प्रतिवद्धता यहाँ व्यक्त गर्न चाहान्छौँ भने नेकपा(एकीकृत समाजवादी)ले जुन शान्तिपूर्ण ढंगले समाजवादी क्रान्ति तर्फ अगाडी बढ्ने लक्ष्य राखेको छ । जुन बाटो कोरेको छ । त्यो बाटोमा हामी एउटा पाइला बन्न सकौँ । त्यो घर निर्माण गर्ने जुन लक्ष्य राखेको छ त्यो घरमा हामी एउटा इट्टा बन्न सकौँ । हामी यो प्रतिवद्धता यहाँ व्यक्त गर्न चाहान्छौँ ।’ उनले आफ्नो मोर्चा मार्फत् देशभरका ३५ वर्ष मुनिका २ सय भन्दा बढी नेता, कार्यकर्ता एकीकृत समाजवादीमा समाहित भएको बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports