तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उच्च अदालतको जनकपुरमा तत्काल फोहोर उठाउन आदेश

481
shares

काठमाडौं । उच्च अदालत जनकपुरले जनकपुरधाम उपमहानगरपालिकाको फोहोर तत्काल उठाउन आदेश दिएको छ । उपमहानगरपालिकामा लामो समय देखि फोहोर नउठाइँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको भन्दै परेको रिटमा उच्च अदालतले फोहोर मैला  संकलन, व्यवस्थापन र सुरक्षित विसर्जन तत्काल गर्न आदेश दिएको हो ।

कामु मुख्य न्यायाधीश विनोद शर्माको इजलासले गरेको आदेशमा भनिएको छ, ‘प्रस्तुत निवेदनपत्रको अन्तिम किनारा नलाग्दासम्म तत्काल विपक्षीहरुले जो जे सहकार्य, समन्वय गर्नुपर्ने हो गरी जनकपुरधाम उपमहानगरपालिकाको फोहोरमैला संकलन, व्यवस्थापन, सुरक्षित विसर्जनसमेतको कार्य तत्काल सुरु गर्नु गराउनु भनी विपक्षीहरुका नाउँमा …अन्तरिम आदेशसमेत जारी गरिदिएको छ ।’

उपमहानगरको पिडारी चोक, रामनन्द चोक, जिरो माइल चोक, महावीर चोक बाह्रविघा भित्र, कदम चोक, दशरथ तलाउ चोक, हस्पिटल रोडसहित समग्र बजार क्षेत्रको सडक, पेटी र ढलमा फोहोर थुप्रिएको भन्दै कानुन व्यवसायी राकेशकुमार साहले उच्च अदालतमा रिट दिएका थिए । उनले सडकको दुवैतर्फको नालामा पानी खाने वोतल, प्लाष्टिकको झोला, कागजको कार्टुन आदि जम्मा भएर ढल नै बन्द भएको पनि उल्लेख गरेका थिए ।

उनले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, उद्योग, पर्यटन तथा वन मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिकालाई विपक्षी बनाइ रिट दिएका थिए । उक्त रिटमा उच्च अदालतले विपक्षीसँग लिखित जवाफ पनि मागेको छ ।

 

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports