विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाबारे आज पार्टीको धारणा सार्वजनिक गर्ने

663
shares

काठमाडौं । नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाबारे आज पार्टीको धारणा सार्वजनिक गर्दै छ । ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा आज दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन आयोजना गरी एमालेले पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो ।

नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार तीन जना पूर्व अर्थमन्त्रीहरुको उपस्थितिमा पत्रकार सम्मेलन गरिने छ । पत्रकार सम्मेलनमा एमालेबाट विगतमा अर्थमन्त्री बनेका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले धारणा राख्नेछन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा.दिनेशचन्द्र देवकोटा र पुष्प कँडेलको पनि सहभागीता रहने रिजालले बताएका हुन् ।

सोही पत्रकार सम्मेलनबाट अर्थतन्त्र संकटमा परेको बेला गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएको विषयमा पनि औपचारिक धारणा आउने बताइएको छ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले गभर्नर अधिकारीलाई निलम्बन गरिएकोमा विरोध जनाउँदै आएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports