नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इपिएलका लागि यसरी सिंगारिदै छ त्रिवि क्रिकेट मैदान !

910
shares

काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता शनिबार सुरु हुँदैछ।

१५ दिन चल्ने लिगमा १९ खेल हुनेछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने लिगमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स प्रतिस्पर्धा गर्नेछन्।

 उद्घाटन खेलमा विराटनगर वारियर्स र ललितपुर पाट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ।

यसपटकको मुख्य आकर्षण विदेशी खेलाडी र अन्तर्राष्ट्रिय ‘चियर्सलिडर्स’ हुनेछन्। प्रतियोगितामा विभिन्न ८ देशका १९ जना विदेशी खेलाडी खेल्ने पक्का भइसकेको छ। यस्तै ६ जना ब्रिटिस युवती  ‘चियर्सलिडर्स’ रुपमा काम गर्न काठमाडौं आइसकेका छन्।

त्यसैले प्रतियोगिता हुने स्थान त्रिवि मैदानलाई आर्षक बनाउन आयोजकले काम गरिरहेको छ। प्रतियोगिता हेर्न चाहने दर्शकका लागि टिकटको व्यवस्था गरिएको छ। विद्यार्थीलाई ५० र अन्यलाई सय रुपैयाँ टिकटको मूल्य तोकिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports