linktrix Long Ad
Salt Trading Long Ad

बलिउड अभिनेत्री रेखाबारे यस्ता छन् २३ रोचक तथ्य

741
shares

भारतीय फिल्म क्षेत्रमा लामो समय एकछत्र राज गर्ने अभिनेत्री हुन् रेखा। चेन्नईमा जन्मे–हुर्केकी रेखाको बाल्यकाल निकै कष्टपूर्ण रह्यो। अभिनयमा रुचि नै नभएकी रेखाले दयनीय आर्थिक अवस्थाका कारण विद्यालय छाडेर १२ वर्षकै उमेरमा फिल्म खेल्नु पर्‍यो।

तेलुगु फिल्मबाट करिअर सुरु गरेकी रेखा किशोरावस्थामा बलिउड प्रवेश गरेकी थिइन्। बलिउड छिरेपछि भने उनले कहिल्यै पछाडि फर्कनु परेन। सयौं हिन्दी फिल्ममा अभिनय गरेकी रेखाको जीवनका थुप्रै किस्सा बनेका छन्। जानौं अभिनेत्री रेखाबारे २३ रोचक जानकारीः

– १० अक्टोबर १९५४ मा जन्मिएकी बलिउड अभिनेत्री रेखा तमिल अभिनेता जैमिनी गणेशन र तेलुगु अभिनेत्री पुष्पावलीकी छोरी हुन्।

– रेखाको जन्म र पालनपोषण चेन्नईमा भयो। जन्मनेबित्तिकै उनको नाम भानुमति रेखा राखिएको थियो।

– रेखा तेलुगुलाई आफ्नो मातृभाषा मान्छिन् र हिन्दी, तमिल तथा अंग्रेजी पनि राम्रोसँग बोल्न सक्छिन्।

– रेखा जन्मँदा उनको बाबु–आमाको विवाह भएको थिएन। त्यसैले उनका बाबुले बाल्यकालमा रेखालाई आफ्नो सन्तानको रुपमा स्वीकार गरेका थिएनन्।

– रेखाको अभिनयमा कुनै रुचि थिएन। तर घरको नाजुक आर्थिक अवस्थाका कारण उनले स्कुल छोडेर अभिनयमा हाेमिनुपर्‍याे।

– रेखाले १२ वर्षको उमेरमा एक तेलुगु फिल्मबाट आफ्नो करिअर सुरु गरेकी हुन्। त्यसको तीन वर्षपछि उनले एक कन्नड फिल्मबाट नायिकाको रुपमा अभिनय गरिन्।

– रेखाको पहिलो हिन्दी फिल्म ‘अंजाना सफर’ हो। सो फिल्ममा विश्वजीत नायक थिए।

– पहिलो फिल्म अंजाना सफरमा रेखाले एक चुम्बन दृश्य दिएकी थिइन्, जसले उनलाई चर्चामा ल्याइदियो। तर सेन्सरसिपको समस्याका कारण फिल्म समयमा रिलिज हुन सकेन। करिब दस वर्षपछि सो फिल्मको नाम परिवर्तन गरी ‘शिकारी’ को नामबाट रिलिज गरिएको थियो।

– रेखा आफ्नो अभिनयको सुरुवातमा काली र मोटी थिइन्। उनलाई ‘कुरुप बाबु–आमाकी बच्ची’ भन्ने गरिन्थ्यो।

– रेखाकी एउटी आफ्नै बहिनी र ६ जना सौतेनी भाइ–बहिनी छन्। जसका पिता जैमिनी गणेशन नै थिए।

– रेखा सधैंभरि दुनियाँ घुम्न चाहन्थिन् त्यसैले उनको एयरहोस्टेज बन्ने सपना थियो।

– रेखालाई मेकअपको औधी सोख थियो। यही सोखका कारण उनका एयरहोस्टेज साथीहरु विदेशबाट मेकअप किट ल्याइदिन्थे।

– करिअरको सुरुवातमा रेखालाई तेलुगु भाषाका बी र सी ग्रेडका फिल्ममा पनि काम गर्नुपर्‍यो।

– रेखाले उद्योगपति मुकेश अग्रवालसँग विवाह गरेकी थिइन्। विवाहको केही महिनापछि नै रेखाका श्रीमान मुकेशले आत्महत्या गरे।

– फिल्म करिअरको यात्रामा रेखाको नाम अमिताभ बच्चन, राज बब्बर, विनोद मेहरा, नवीन निश्चल, जितेन्द्र, यश कोहली, सत्रुघन सिन्हा र अक्षयकुमारसँग जोडियो।

– रेखा र विनोद मेहराले विवाह गरेको खबर पनि बाहिर आयो तर रेखाले यो कुरालाई अस्वीकार गरिन्।

– रेखाको नाम सञ्जय दत्तसँग पनि जोडियो, जो उनीभन्दा ५ वर्ष कान्छा छन्। यो विषयमा रेखाले एक पटक भनेकी थिइन्, ‘मैले अमिताभ बच्चनलाई तड्पाउनका लागि सञ्जय दत्तसँग मित्रता गाँसेकी हुँ।’

– अमिताभ र रेखा एक–अर्कासँग धेरै नजिक रहे। अमिताभको संगतले रेखाको जीवनमा धेरै परिवर्तन आयो। उनी आफ्नो सौन्दर्यप्रति सजग हुन थालिन्। उनको जिन्दगीलाई हेर्ने दृष्टिकोण नै बदलियो।

– रेखालाई डबिङको पनि सोख थियो। उनले नितु सिंहको आवाजमा याराना र स्मिता पाटिलको आवाजमा फिल्म वारिसमा डबिङ गरेकी थिइन्।

– रेखालाई गीत गाउने ठूलो सोख थियो। उनले संगीतकार आरडी बर्मनको साथमा फिल्म खुबसुरतमा दुईवटा गीत गाइन्।

– रेखा समयको पावन्दीलाई अधिक ख्याल राख्छिन्। उनी जहाँ पनि समयमै पुग्छिन् र काम गर्छिन्।

– रेखा र हेमा मालिनी एकदम मिल्ने साथी हुन्।

– रेखा जिम जाने पहिलो बलिउड नायिका हुन्। उनले बेसिक एक्सरसाइजबाट जिम सुरु गरेकी थिइन्। योगमा पनि माहिर मानिन्छिन् रेखा। –एजेन्सी

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports