विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तालमेलको मोडालिटी मंगलबार बेलुका सम्म टुंगो लाग्छः झलनाथ खनाल

520
shares

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धन बीच मंगलबार बेलुका सम्म तालमेलको मोडालिटीमा टुंगो लाग्ने बताएका छन् । ‘कस्तो मापदण्ड बनाएर जाने भन्ने नीति निष्कर्षलाई निर्देशिकाको रुपमा देशव्यापी रुपमा गर्छौँ । त्यसमा भोलि बेलुका सम्ममा मोडालिटी पनि टुंगो लाग्छ’ खनालले भने, ‘तालमेल गरेर जाने अवस्था सम्म आइपुग्दा कुन पार्टीको अवस्था कस्तो छ? उनीहरुको प्रभावको विषयमा एक अर्का बीच छलफल गरेर टुंगो लगाउनु पर्ने हुन्छ।’

उनले सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका केन्द्र बाटै टुंगो लगाउने गरी तयारी भइरहेको पनि बताए। अरु नगरपालिका प्रदेश कमिटी र गाउँपालिका जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी र सम्बन्धी गाउँपालिकाले टुंगो लगाउनेगरी छलफल भइरहेको बताए।
खनालले भने, ‘हामीले गठबन्धनमा विभिन्न तहमा छलफल र विभिन्न संयन्त्र मार्फत टुंग्याउनु पर्ने आवश्यकता महशुस गरेका छौ। त्यसका लागि महानगर र उपमहानगर केन्द्र बाट भागवण्डा गरेर जाने कोसिस गरेका छौ। नगरपालिका प्रदेश र त्यो भन्दा तलको गाउँपालिकालाई जिल्ला कमिटी, पालिका कमिटी वा निर्वाचन कमिटीले छलफल गरेर टुंगो लगाउने कोसिसमा छौँ ।’

यस अघिको निर्वाचनमा कुन दलको कस्तो अवस्था छ भन्ने विषयमा सहमती गरेर जाने अवस्था नरहेको खनालले जिकिर गरे। ‘यसअघिको निर्वाचनका आधारमा कुन पार्टीको कस्तो अवस्था भन्ने आधारमा तालमेल गर्न मिल्दैन। त्यसमा ठूलो परिवर्तन भइसक्यो । त्यसमा कतिपय पार्टीहरू विभाजन भए । कतिपय पार्टीको अवस्था त्यति बेलाको भन्दा खस्केको कतै बढेको छ। त्यसलाई मापदण्ड बनाउँदैनौ’ खनालले भने, ‘पछिल्लो अवस्थामा कुन पार्टीको शक्ति कति छ भन्ने अवस्थालाई विश्लेषण गर्नुपर्ने हुन्छ। सर्वपक्षीय रुपमा एक आपसमा परिस्थितिको विश्लेषण गरेर जानु पर्ने हुन्छ।’

प्रत्येक पालिका र वडामा भईरहेको राजनीतिक गतिविधिका आधारमा समेत कुन पार्टीको कति शक्ति भन्ने मापन गर्न सकिने खनालले बताए । यस्तो भएमा ६ महानगरपालिका र ११ उपमहानगर केन्द्र बाट टुंगो लाग्ने छ। यस्तै २७६ नगरपालिका प्रदेश कमिटी र ४६० गाउँपालिका सम्बन्धित जिल्ला, निर्वाचन क्षेत्रीय कमिटी र गाउँपालिका कमिटीले टुंगो लगाउने छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports