विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सभापति सहित कांग्रेस जनकपुरधाम उपमहानगरपालिका नेताहरुले पार्टी परित्याग गरे

663
shares

जनकपुरधाम । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाका सभापति सहितका नेताहरुले पार्टी परित्याग गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो पार्टी मजबुत हुँदाहुँदै पनि जनता समाजवादी पार्टी (जसपा) लाई मेयर बनाउने निर्णय गरेको भन्दै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टीका नगर सभापति मनोज साहले आफू सहित १५० जना भन्दा बढीले पार्टी छाडेको दाबी गरे । अब स्वतन्त्र रुपमा मेयरमा उम्मेदवरी दिने साहले बताए ।

पत्रकार सम्मेलनमा साहले साधारण सदस्य समेत नरहने गरी कांग्रेस परित्याग गरेको बताए । पटक–पटक पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदा पनि आफूहरुको मागको कुनै सुनुवाइ नभएपछि आफूहरुले पार्टी परित्याग गर्नु परेको उनको भनाइ छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports