विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाँच दलीय गठबन्धन अवसरवादी गठबन्धन भएको र मुलुकको अग्रगतिको बाधक बनेको छ : एमालेको घोषणापत्र

702
shares

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको नेतृत्व आफूले गर्न पाउँदा मात्र राष्ट्रिय राजनीतिलाई सही बोटोमा फर्काउन सकिने बताएको छ ।

३० वैशाख २०७९ को स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्रमा एमालेले पाँच दलीय गठबन्धन अवसरवादी गठबन्धन भएको र मुलुकको अग्रगतिको बाधक बनेको बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक गरिएको घोषणापत्रमा भनिएको छ, मुलुकको अग्रगतिको यात्रामा बाधक बनेर खडा भएको यस गठबन्धन बाट मुलुकले अविलम्ब मुक्ति खोजेको छ ।’

यो सरकार जतिदिन सहन्छ, मुलुकले थप संकट व्यहोर्नुपर्ने एमालेको दाबी छ । संघीयको कार्यान्वयन, जगैबाट लोकतन्त्रको सुदृढीकरण, आधारभूत तहबाटै विकास र समृद्धिको आधार निर्माण गर्ने स्थानीय तहको नेतृत्व आफ्नो दलले गर्दा मात्र राष्ट्रिय राजनीतिलाई सही बाटोमा फर्काउने कामको सुरुवात हुने बताएको छ । एमालेले स्थानीय तहको चुनावी घोषणा पत्रमा केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै सर्वाधिक गतिशील, उपलब्धिपूर्ण र सफल भएको दाबी गरेको छ ।

साढे तीन वर्षको अवधिमा ओली सरकारले संविधान र संद्धघीयताको सफल कार्यान्वयन गरेर विश्वमै नयाँ दृष्टान्त स्थापित गरेको, पृथकतावाद र हिंसाका चुनावी समाप्त पारेको, वाह्य सम्बन्ध सुदृढ बनाएको, लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपालको नयाँ नक्सा प्रकाशित गर्नुका साथै त्यहाँ नेपालको प्रशासनिक स्वामित्व स्थापित गर्न कूटनीतिक पहल गरेको एमालेले बताएको छ । दिर्घकालीन र रणनीथिक महत्वका पूवर्नधार निमार्ण थालेको, भूकम्प प्रभावित करिव ८ लाख परिवारलाई सुरक्षित आवासमा फर्काएको, नेपाललाई विकासशील मुलुकमा स्तारोन्नतीका लागि सिफारिस गरेको, वाह्य लगानीमा ठूलो बृछि भएको र विश्वव्यापी सूचकांकहरुमा उल्लेख्य सुधार भएको एमालेले घोषणापत्रमा उल्लेख छ ।

संघ, प्रदेश र स्थानीय तहको अग्रसरतामा महत्वपूर्ण काम भएको एमालेले बताएको छ । पूर्वाधार विकास तर्फ ४ हजार ३६२ किलोमिटर कालोपत्र सडक बनेको, तुइना विस्थापित भएको अमलेखगञ्ज–मोतिहारी सीमा वारपार पेट्रोलियम पाइपलाइन बनेको, जनकपुर–जयनगर–कुर्ता रेलमार्ग निर्माण गरेको सञ्चालनमा आएको, भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माण सपन्न भएको, पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको एमालेले बताएको छ ।

प्रत्येक पालिकामा न्यूनमत १५ शैयाको आधारभूत अस्पतचाल निर्माण सुरु भएको, योगदानमा आधारित सामाजिक सुरक्षा आरम्भ गरेको, प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत न्युनतम १०० दिनको रोजगारी वा वेरोजगार भत्ता सुरु भएको, तामाकोेशी जलविद्युत आयोजना सम्पन्न जस्ता कामलाई पनि एमालेले घोषणापत्रमा राखेको छ । एमालेले जितेका कतिपय पालिकामा बेटी बचाउ, बेटी बचाउ अभियान अन्तरगत कक्षा ८ भन्दा माथिका छात्रालाई साइकल वितरण गरकेो, सामुहिक कृषिलाई प्रोत्साहन गरेको, युवालाई सहुलियतमा ऋण दिएको, सयौं कानुनहरु बनेको चुनावी घोषणापत्रमा उल्लेख छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports