प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तह निर्वाचन पछि कांग्रेस पहिलो पार्टी बन्ने : विश्वप्रकाश शर्मा

611
shares

नवलपुर ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचन पछि कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । पहिलो दल बन्नकै लागि स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेको भन्दै उनले अबको निर्वाचन बाट कांग्रेस सबै भन्दा ठूलो दल बन्ने दाबी गरे । तालमेल बाट शक्ति सञ्चय गर्ने र तिनै तहको निर्वाचनमा बहुमत ल्याएर राष्ट्र बदल्ने सपनाका साथ अगाडि बढेको उनको भनाइ थियो ।

नेपाली कांग्रेस हुप्सेकोट गाउँपालिकाले बिहीबार आयोजना गरेको अगुवा कार्यकता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले तालमेलका विषयमा निराश नभई ऊर्जाका साथ चुनावी अभियानमा लाग्न आग्रह पनि गरे । २०७४ को स्थानीय तह निर्वाचन बाट नेकपा एमालेले सरकार चलाउने जिम्मेवारी पाए पनि पूरा गर्न नसकेको स्मरण गराउँदै शर्माले भने, ‘कांग्रेस चाहेर होइन बाध्यताले सरकारमा गएको हो । पटक पटक संसद विघटन भयो, कांग्रेसलाई ल्याएर सरकार सुम्पेपछि हामी बाध्य भएका हौ ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports