प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणाम बाट नेकपा एमाले अत्तालियो : कांग्रेस

611
shares

काठमाडौं ।नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम बाट नेकपा एमाले अत्ताल्लिएको टिप्पणी गरेको छ ।

आइतबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनमा धाँधली भएको बताएका थिए । कांग्रेसले एमालेको उक्त भनाइको खण्डन गर्दै एमालेले गैरजिम्मेवार टिप्पणी गरेको बताएको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘निर्वाचनको परिणाम आफूले दावी गरेजस्तो नआएपछि निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्ध रुपमा धाधली गर्‍यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो ।’

३० वैशाखमा स्थानीय तह निर्वाचन भएपछि एमाले अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै निर्वाचन निष्पक्ष गर्न प्रमुख भूमिका खेल्ने निर्वाचन आयोग, आयोगद्धारा परिचालित राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएको तर पछि नतिजा आफ्नो पक्षमा नआएपछि धाँधली भएको आरोप लगाएको कांग्रेसको भनाइ छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports