प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्याङ्जाको भीरकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका गोविन्दकुमार कर्माचार्य निर्वाचित

585
shares

वालिङ ।स्याङ्जाको भीरकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गोविन्दकुमार कर्माचार्य निर्वाचित भएका छन् । कर्माचार्यले ६ हजार ५०४ मत ल्याई निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विश्वनाथ अर्यालले ५ हजार ६६९ मत पाए ।

उपप्रमुखमा नेपाली काँग्रेसकी भगवती रेग्मी अर्याल ७ हजार १९७ मत सहित निर्वाचित भइन् । उनकी निकटतम प्रतिस्पर्धी सरस्वती अधिकारीले ४ हजार ९२८ मत पाइन् ।

नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ७, ८ र ९ गरी ८ वटा वडामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवारहरु निर्वाचित भइन् भने वडा नं ६ मा नेकपा एमालेका अध्यक्ष मात्रै निर्वाचित भएका छन् । गाउँपालिकामा निर्वाचित हुने ४७ सिट मध्ये ४६ जना नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

भीरकोट नगरपालिकामा २० हजार ४२७ जना मतदाता रहेकोमा १३ हजार १३ जनाले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा पनि भीरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports