प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं महानगरपालिकाको मतगणना सुस्त भएपछि मतगणनास्थल थपिदै

559
shares

काठमाडौं ।काठमाडौं महानगरपालिकाको मतगणना सुस्त भएपछि मतगणनास्थल थपिने भएको छ । पहिलो दिन तीन ठाउँ बाट मतगणना शुरु गरिएको थियो । सोमबार दिउँसो सम्म पाँच ठाउँमा गणनास्थल छ । यसलाई पनि बढाएर सात पु¥याउन लागिएको मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए । मत गणनामा ढिलाइ भएको गुनासो आएपछि गणनास्थल थपेर सात पुर्‍याउन लागिएको उनले बताए ।

जति सक्दो छिटो परिणाम दिनेमा प्रतिवद्ध रहेको बताउँदै उनले भने, ‘स्थान बढाएर हुन्छ कि, कर्मचारी थप्न पहल गरेर हुन्छ कि, के गरेर हुन्छ छिटो छरितो गराउने कुरामा म एकदमै प्रतिवद्ध छु ।’ हाल वडा नम्बर ३, ४, ५, ३१ र ३२ को मतगणना जारी छ । वडा नम्बर १ र वडा नम्बर २ को अन्तिम परिणाम सार्वजनिक भैसकेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports