प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल र भारत बीच विभिन्न ६ वटा समझदारी पत्रमा हस्ताक्ष

663
shares

काठमाडौं ।नेपाल र भारत बीच विभिन्न ६ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र लुम्बिनी भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार लुम्बिनीमा शिक्षा र जलस्रोत क्षेत्रमा सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालय बीच बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने, भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र (सीनास) तथा त्रिभुवन विश्वविद्यालय बीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने, भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र काठमाडौं विश्वविद्यालय बीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने, काठमाडौं विश्वविद्यालय र भारतको इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) बीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

यस्तै काठमाडौं विश्वविद्यालय र भारतको इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) बीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने
र नेपाल विद्युत् प्राधिकरण (एनईए) र भारतको सतजल जलविद्युत् लिमिटेड बीच अरुण-४ आयोजनाको विकास र कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports