स्थानिय तहको निर्वाचन पछि भोली एमाले अध्यक्ष ओलीले आफ्नो धारणा सार्वजनिक गर्ने
वि.सं.२०७९ जेठ २ सोमवार १६:२६
shares

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्न लाग्नुभएको छ । एमालेका तात्कालिन महासचिव जननेता मदनकुमार भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसर पारेर अध्यक्ष ओलीले मंगलवार बिहान बल्खुमा आयोजना हुने कार्यक्रममा निर्वाचनको बिषयमा आफ्नो धारणा राख्नुहुने भएको हो ।
एमालेले मदन–आश्रित स्मृति दिवसको अवसरमा मंगलवार बिहान पुरानो पार्टी कार्यालय बल्खुमा बिशेष कार्यक्रमको आयोजना गरेको छ । एमालेका तत्कालिन महासचिव भण्डारी र संगठन बिभाग प्रमुख आश्रितको २०५० साल जेठ ३ गते दासढुंगामा भएको रहष्यमय जीप दुर्घटनामा निधन भएको थियो ।
जनताका प्रिय नेताहरुको संझनामा एमालेले हरेक बर्षको जेठ ३ गते बिशेष कार्यक्रमको आयोजना गर्दै आएको छ । एमाले महासचिव शंकर पोखरेलले दिनुभएको जानकारी अनुसार मंगलवारको स्मृतिसभामा अध्यक्ष ओली सहित शीर्ष नेताहरुको सहभागीता रहने छ ।






































