kumari
stcnepal

आज थप ७ जनामा कोरोना संक्रमण

काठमाडौं ।पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५४६ जनाको पीसीआर परीक्षणमा ६ जना र १ हजार २३९ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी ७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना बाट ९ जना निको भएका छन् भने हाल देशभर १३९ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्‍ये १३९ जना होम आइसोलेसनमा रहेका छन् ।

सोमबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २१२ पुगेको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ९१३ जना संक्रमणमुक्त भएका छन् ।

 

footer