प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हुम्लाको चंखेली गाउँपालिका वडानम्बर २ को महादेव माध्यामिक विद्यालयको मतदान केन्द्रमा पुन: मतदान हुने

572
shares

हुम्ला ।हुम्लाको चंखेली गाउँपालिका वडानम्बर २ को महादेव माध्यामिक विद्यालयको मतदान केन्द्रमा पुन: मतदान हुने भएको छ । वैशाख ३० गते सम्पन्न मतदानमा आधा भन्दा बढी मतदाताले मत खसाल्न नपाएको उजुरी परेपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले उक्त मतदान केन्द्रमा पुन: मतदान हुने बताए । निर्वाचन आयोगले पुन: मतदानको लागि पत्र पठाइसकेको पौडेलले जानकारी दिए ।निर्वाचनको मिति सम्बन्धित गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले गर्ने उनले बताए । कर्मचारी, मतपत्र र मतपेटिका भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले पठाउने पौडेलले बताए ।

गठबन्धन दलहरूका तर्फबाट अध्यक्ष पदका उम्मेदवार गोविन्द शाही, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासन सँग पुन: मतदान गर्न माग गरेका थिए । स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षले धाँधली गरेर मतदातालाई मत हाल्नबाट बञ्चित गरेको भन्दै उनीहरूले मतदान कांग्रेस-माओवादीले माग गरेका हुन् ।

यो मतदान केन्द्रमा ९०३ मतदाता रहेकोमा ३९० मत मात्र खसेको थियो । ५१३ मतदाता मतदान बाट बञ्चित भएका थिए । स्वतन्त्र उम्मेदवारको मात्र मत खसाल्न दिएको दाबी गठबन्धन दलहरूले गर्दै आएका छन् । दलहरूले ५६.६८ प्रतिशत मतदातालई मतदान गर्नबाट बन्चित गरिएकाले पुन: मतदान गर्न माग गरेका थिए ।

मतदानका दिन झडप हुँदा सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर समेत गरेको थियो । मतदान अधिकृत सहित तीन जना घाइते भएका थिए । जसमध्ये मतदान कार्यमा खटिएका कार्यालय सहयोगी काला रोकायालाई हेलिकोप्टर बाट उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको थियो । झडपपछि पुनः मतदान सुरु भए पनि गठबन्धन पक्षका मतदाताले मत हाल्न सक्ने वातावरण नै नभएकाले यस्तो अवस्था आएको सांसद छक्कबहादुर लामाले बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports