kumari
stcnepal

इतिहास मै पहिलो पटक शुक्रबार शेयर बजार खुल्ला

काठमाण्डौ ।इतिहास मै पहिलो पटक शुक्रबार शेयर बजार खुल्ला भएको छ । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने घोषणा गरे सँगै शुक्रबार पनि नेप्से खुलाउने निर्णय यस अघिनै भइसकेको थियो ।

शुक्राबार प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अङ्कले बढेर बजार बन्द भएको छ । बिहीबार नेप्से दोहोरो अङ्कले घटेको थियो । आज ५ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा ४ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने १ कम्पनीको मात्र शेयर मूल्य घटेको छ ।

नेप्सेका उपसूचक धेरैमा हरियाली भएपनि जलविद्यतु भने घटेको छ । त्यस्तै कारोबारमा भने तेह्रथुम पावर सबै भन्दा अग्रस्थानमा रहेको छ । नेप्से सामान्य अङ्कले बढे पनि कारोबार रकम भने घटेर १९ हजारमा झरेको छ ।

 

 

footer