विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पपुलर मतमा नेकपा एमाले धेरै अगाडि

1.05K
shares

 

काठमाडौ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणाम आईसकेको छ । यस पटक सत्तामा रहेका पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा गठबन्धन नै गरेर निर्वाचनमा गएका थिए ।
पाँच दलीय गठबन्धनमा रहेका दलहरुमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका थिए । यी पाँच दलीय गठबन्धनमा रहेका दलहरु मध्येको नेपाली कांग्रेसले सबैभन्दा बढी फाइदा लिएको छ ।
यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सबै भन्दा ठुलो दल भएको छ भने गठबन्धन रहेको माओवादी केन्द्र तेस्रो ठुलो दल भएको छ । माओवादी केन्द्र २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि तेस्रो दल नै रहेको थियो ।
त्यसबेला उसले १ सय ६ स्थानमा जित हाँसिल गरेको थियो भने गठबन्धन गरेर निर्वाचनमा गएकाले गर्दा उसले अहिले १ सय २१ स्थानमा जित हाँसिल गरेको छ । गठबन्धनको फाइदा उठाउन नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा भने असफल भएका छन् ।
जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले पहिलाको हैसियत समेत गुमाएका छन् भने अध्यादेश ल्याएर त्यही अध्यादेशबाट निर्माण गरिएको नेकपा एकीकृतले समेत पार्टी विभाजन गराउँदा २० प्रतिशत लिएर गएको भएपनि अहिले उसले ३ प्रतिशत मत ल्याउन सफल भएको छ ।
२०७४ को निर्वाचनमा सबैभन्दा ठुलो पार्टी बनेको नेकपा एमाले अहिले दोस्रो ठुलो पार्टी बनेको छ । नेकपा एमालेका विरुद्ध पाँच दलीय गठबन्धनले साझा उम्मेदवार खडा गरेका भएपनि धेरै ठाउँमा उसले पाँच दलीय गठबन्धनका उम्मेदवारहरुलाई पराजित गर्न सफल भएको छ ।
एमाले पराजित भएका स्थानीय तहहरुमा समेत एमाले दोस्रो स्थानमा रहेको र उसले २०७४ मा जितेको २ सय ९४ स्थानमा जित हाँसिल गरेको थियो भने अहिले २ सय ५ स्थानमा मात्र जित हाँसिल गरेको छ । यस पटकको निर्वाचनमा एमाले एक्लै निर्वाचनमा जाँदा समेत उसले ८९ स्थान गुमाएको छ ।
स्थानीय तहको निर्वाचनमा एमालेले पाएको मत संख्या हेर्दा नेपाली कांग्रेस भन्दा धेरै बढी मत उसले पाएको छ । नेकपा एमालेले पाएको मत नेकपा एमालेको मत रहेको र पाँच दलहरुले पाएको मत पाँच दलको मत भएकाले गर्दा निर्वाचनमा दोस्रो स्थानमा पुगेपनि लोकप्रिय मतमा नेकपा एमाले धेरै अघि रहेको प्रष्ट भएको छ ।
नेकपा एमालेले एउटा पनि महानगर जित्न सकेको छैन । त्यसको कारण हो एमालेभित्रै अन्तरघात हुनु र पाँच दल एकातिर नेकपा एमाले एकातिर हुनु नै हो । टिकट वितरणमा पनि एमालेले केही ठाउँमा विवेक नपु¥याएको र एमालेका कार्यकर्ताहरु अनुशासिनहिन हुनु अर्को हारको कारण हो ।
वडा तहमा एमालेले जितेको वडामा मेयर÷उपमेयर, अध्यक्ष÷उपाध्यक्षले मत नपाउनु फलामे अनुशासन भएका कार्यकर्ता भनिने एमालेका कार्यकर्ताहरु पछिल्लो समयमा अनुशासनहिन भएको प्रष्ट रुपमै देखिएको छ । काठमाडौ महानगरपालिकाका एमालेले जित हाँसिल गरेका वडाहरुमा एमालेका मेयरका उम्मेदवारले आधा मत पनि पाएनन् किन ?
राजनीतिक दलहरुप्रति जनताको वितृष्णा बढ्दै गएको कारण स्वतन्त्र उम्मेदवारहरुले यस पटक धेरै स्थानीय तहमा विजय हाँसिल गरेका छन् । काठमाडौ जस्तो सुविधा सम्पन्न ठाउँमा नै स्वतन्त्र उम्मेदवार बालेन साहले जितेका छन् भने धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका लगायत अन्य केही नगरपालिका र गाउँपालिका हुँदै वडा तहसम्ममा स्वतन्त्र उम्मेदवारहरुले जितेका हुनाले अब राजनीतिक दलहरु जनताप्रति उत्तरदायी नभएर झुठको खेतीमै लाग्ने हो भने अर्को पटक निर्वाचनमा दलहरुको अवस्था स्वतन्त्र उमेदवारहरुले अझ कमजोर पार्न सक्ने सम्भावना देखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports