विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोकप्रिय मतमा एमाले अगाडि प्राविधिक रुपमा कांग्रेस

611
shares

 

काठमाडौ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक भईसकेको छ । ७ सय ५३ वटै स्थानीय तहमा यस पटक एकै चरणमा निर्वाचन गराउन निर्वाचन आयोग सफल भएको छ ।

स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल नेपाली कांग्रेस, माओवादी केन्द्र जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन नै गरेर निर्वाचनमा गएका हुनाले त्यसको फाइदा नेपाली कांग्रेसले उठाएको छ ।
२०७४ सालमा भएको निर्वाचनमा कांग्रेसले २ सय ६४ स्थानमा विजयी हाँसिल गरेको थियो भने यसपटक सबैभन्दा ठुलो पार्टी भएर ३ सय २४ स्थानमा विजयी हाँसिल गरेको छ भने गठबन्धनमै रहेका माओवादी केन्द्रले २०७४ सालमा १ सय ६ स्थानमा विजय हाँसिल गरेकोमा यस पटक १ सय २१ स्थानमा जित हात पारेको छ ।

नेकपा एमालेबाट विभाजित भएपछि पहिलो पटक निर्वाचनमा गएको नेकपा एकीकृतले २० स्थानमा विजय हाँसिल गरेको भएपनि जनता समाजवादी पार्टी पनि गठबन्धनमा नै रहेको भएपनि २०७४ मा विजय हाँसिल गरेको भन्दा कम स्थानमा विजयी हाँसिल गरेको छ ।

राष्ट्रिय जनमोर्चाले जम्मा ४ स्थानमा जितेको छ । संघीय संसदको प्रमुख विपक्षी दल नेकपा एमालेको बढ्दो प्रभावलाई निस्तेज पार्ने उदेश्यले गठबन्धन गरिएको थियो ।

नेकपा एमालेले २०७४ सालमा २ सय ९४ स्थानमा विजय हाँसिल गरेको थियो । तर यस पटक पाँच दलीय गठबन्धनले साझा उम्मेदवार उठाएका हुनाले उसले २ सय ५ स्थानमा मात्र विजयी हाँसिल गरेको छ । एमालेले ६ वटा महानगरमध्येमा एउटा पनि महानगरमा मेयर पदमा विजय हाँसिल गर्न नसकेपनि काठमाडौ, विराटनगर, पोखरा, ललितपुरमा उपमेयरमा विजयी हाँसिल गरेको छ ।

यी सबै नगरमा पाँच दलीय गठबन्धन रहेका भएपनि उपमेयरमा एमालेले विजयी हाँसिल गरेको छ । गठबन्धनले विजय हाँसिल गरेको नगरहरुमा समेत एमालेका उपमेयरका उम्मेदवारहरुले विजयी हाँसिल गरेका छन् ।

लोकप्रिय मतमा नेपाली कांग्रेसभन्दा धेरै बढी मत पाएर एमाले अग्रस्थानमा रहेको छ ।
पाँच दलीय गठबन्धन अप्राकृत्तिक गठबन्धन थियो भने मत परिणामले नै पुष्टि गरेको छ । काठमाडौमा पाँच दलीय गठबन्धनले विजयी हाँसिल गर्न सकेन भने उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डँगोलले विजयी हाँसिल गरेकी छन् ।

पाँच दलीय गठबन्धनले मेयर पदमा जित्दा पनि गठबन्धनका उपमेयर पराजित भएका छन् । यस पटकको निर्वाचनमा नेकपा एकीकृतले गठबन्धन कै कारण पोखरा महानगर र हेटौडा उपमहानगरमा जित हाँसिल गर्न सकेको छ । पोखरा महानगर पालिकामा गठबन्धनका उपमेयरका उम्मेदवार पराजित भएकी छन भने एमालेकी उम्मेदवार विजयी भएकी छन् ।

जनताले पाँच दलीय गठबन्धनलाई धेरै ठाउँमा स्वीकार गर्न सकेको देखिएन । धेरै स्थानमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई नेकपा एमालेका एक्लो उम्मेदवारले पराजित गरेका र लोकप्रिय मतमा समेत नेकपा एमाले धेरै मत अगाडि देखिएकोले गर्दा अप्राकृत्तिक गठबन्धनको परिणाम पनि अप्राकृत्तिक नै आएको प्रष्ट भएको छ । प्राविधिक रुपले नेपाली कांग्रेस अगाडि रहेपनि उसले पाएको मत गठबन्धनभित्रको भएकोले गर्दा अहिले पनि नेकपा एमाले नै ठुलो दल रहेको जस्तो देखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports