विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पेट्रोलियम पदार्थमा घटाएको १० रुपैयाँ अपुग : सांसद सुनुवार

637
shares

काठमाडौं । मूल्य वृद्धि नियन्त्रणको माग गर्दै नेकपा एमालेले प्रतिनिधि सभामा पेश गरेको सार्वजनिक महत्वमाथिको प्रस्तावमा छलफल जारी छ । छलफलमा भाग लिंदै नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले सरकारले पेट्रोलियम पदार्थमा घटाएको १० रुपैयाँ अपुग भएको भन्दै समग्र मूल्यवृद्धि फिर्ता हुनुपर्ने बताए ।

उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णयमा भ्रष्टाचारको गन्ध आएको भन्दै त्यसको छानविन गर्नुपर्ने मागसमेत गरे । सरकार आफैंले बनाएको कार्यविधि विपरीत हप्तामा दुई पटक जेठ १ गते र ९ गते मूल्यवृद्धि गरिएको भन्दै त्यो अवैधानिक भएको उनले बताए ।

मूल्यवृद्धिको निर्णय हुन लागेको सूचना चुहाएर सरकार निकट व्यक्तिहरुकोमा पेट्रोलियम पदार्थ पुर्याइएको उनले दाबी गरे । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय गरिरहँदा सरकार वरिपरि रहेका, बालुवाटार वरिपरि रहेका, मन्त्री निवास वरिपरि रहेका मान्छेहरुमा सूचना अगाडि पुग्यो, त्यसकारणले डिपो रित्याएर ग्याँस सिलिण्डरहरु बजारमा आफ्ना मान्छेहरु कहाँ पुर्याइयो, पेट्रोल पम्पहरुमा पुर्याइयो र त्यसको एक मिनेट पछि मूल्यवृद्धि गरियो,’ उनले भने ।

यसैगरी एमालेका अर्का सांसद गणेश कुमार पहाडी र कृष्णभक्त पोखरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रण गरी जनजीविकाको समस्या समाधान गर्न अधिकार सम्पन्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राखे । अर्थतन्त्रका प्रमुख परिसूचकहरु प्रति सरकारले एथेष्ट ध्यान पुर्याउन नसक्दा जनताको जनजीविका सँग जोडिएको खाद्यान्न लगायत अन्य उपभोग्य वस्तुहरुको मूल्य वृद्धि भएको भन्दै त्यसलाई नियन्त्रणको माग गर्दै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमा यज्ञराज सुनुवार, गणेश कुमार पहाडी र राजेन्द्र प्रसाद लिङ्देनले समर्थन गरेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports