विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घट्यो

611
shares

काठमाडौं ।यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाए सगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो ।

यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने यात्रु बाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटछोमा सञ्चालन हुनको २.६ प्रतिशत भाडा घटेको छ ।

माल बाहक सावरीको भाडा दर पनि घटेको छ । सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौला स्वालित भाडादरले यात्रु र व्यवसायी कसैलाई पनि मर्का नपर्ने अवस्था आएको बताउँछन् । ‘तेलको मूल्य घट्दा भाडा पनि घट्ने र बढ्दा पनि बढ्ने गरी भएको व्यवस्था वैज्ञानिक छ, उनले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports