प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बजेटले निर्वाचनलाई उथलपुथल गराउने गरी प्रभाव गर्दैन : अर्थमन्त्री शर्मा

520
shares

काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले बजेटले निर्वाचनलाई उथलपुथल गराउने गरी प्रभाव नपार्ने बताएका छन् । बजेट माथिको छलफलमा संसदमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले बजेट चुनाव केन्द्रित भएको एमाले सांसदहरुको जवाफमा यस्तो बताएका हुन् ।बजेटमा विगतका कार्यक्रमले निरन्तरता पाएको भन्दै उनले भने, ‘संविधानमा यति महिनाको मात्र बजेट ल्याउने बारे मैले कही‌ं कतै केही प्रावधान देखिन, जस्तोसुकै अवस्थामा पनि बजेट वार्षिक रुपमै आउँछ, निर्वाचन हुन्छ, नयाँ सरकार बन्छ, बजेटको कार्यान्वयनको प्रक्रियाले समग्र रुपमा उथलपुथल हुन्न ।’ उनले सबैसँग छलफल र बहस गरेरै बजेट ल्याएको स्पष्ट पारे । इन्डक्सन चुलो वितरणको कार्यक्रम भोटका लागि नआएको भन्दै उनले विपक्षी दल सँगै बाँड्न जाने प्रस्ताव समेत गरे ।

बजेट अवास्तविक र महत्वकांक्षी भएको सांसदहरुको आरोप बारे बोल्दै उनले अघिल्ला आवको बजेट र आगामी आवको बजेट तुलना गर्न सुझाव दिए । बजेट बनाउदा संयमता अपनाइएको भन्दै उनले बजेट अनुशासनमा समेत ध्यान दिइएको बताए । चालु आवमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको छ । चालु आवको बजेट त्यस अघिको बजेट भन्दा १०.७३ प्रतिशत बढी भएको उदाहरण दिँदै उनले यस आवको तुलनामा आगामी आवको बजेट ९.८६ प्रतिशतले मात्र बढी भएको बताए ।

गत वर्षको तुलनामा आन्तरिक ऋणको साँवा बुझाउने वर्ष आगामी आव भएकाले चालु खर्च केही वृद्धि भएको उनले जानकारी दिए । उनको अनुसार ५० अर्ब रुपैयाँ बराबरको सावाँ भुक्तानी आगामी आवमा गर्नुपर्ने दायित्व छ । ‘गत आवमा व्याज मात्र भुक्तानी गरे पुग्थ्यो,’ उनले भने, ‘चालु आवमा अनिवार्य दायित्व प्रविष्ट नभएका कतिपय योजना थिए, ती सबैलाई आगामी आवमा पारदर्शी ढंगले राख्दा चालु खर्च बढेको देखिएको हो ।’ तलव वृद्धि, सामाजिक सुरक्षा, आगामी निर्वाचनको खर्चका कारण समेत चालु खर्च बढी देखिएको उनको भनाइ छ । बजेट घाटा जीडीपीको ५ प्रतिशत मात्र रहेको भन्दै उनले बजेट वास्तविक बनाइएको बताए ।

वित्तीय व्यवस्था २१ प्रतिशतले बढेको भन्दै उनले चालु आवमा स्थानीय र प्रदेशमा खुद्रे आयोजना पठाइएको जानकारी दिए । चालु आवको तुलनामा राजस्व १८ प्रतिशत बढाइएको भन्दै उनले वैदेशिक सहायता यथार्थपरक बनाइएको जानकारी दिए । यस वर्षको बजेटमा नीतिगत व्यवस्थाको प्रभावकारीता सँग जनसहभागिता प्रेरित गर्ने, कृषिमा बाँझो तथा उपभोगहीन जग्गामा भोलेन्टियर, सहकारी मार्फत कृषि उत्पादन बढाउने गरी बजेट आएको उनले स्पष्ट पारे । विकास जनताले प्रत्यक्ष देख्नुपर्छ भन्दै उनले यस बजेटमा किसान हित कोष खडा गर्ने कार्यक्रम समावेश गरिएको बताए । योगदानमा आधारित रकममा रिटायर्ट हुँदा पेन्सन पाउने प्रावधान आएको भन्दै उनले आन्तरिक उत्पादनमा जोड दिइएको बताए ।

औद्योगिक क्षेत्रको विकास बाट निर्यातका नयाँ क्षेत्रको खोजी गरिने उनको भनाइ छ । नेपालमा उत्पादनको सम्भावना भएका उद्योगको कच्चा पदार्थ आयातमा छुट र सहुलियत दिइएको भन्दै पूँजीगत आयतलाई निरुत्साहित गर्ने नीति नरहेको अर्थमन्त्रीले स्पष्ट पारे । अर्थमन्त्री शर्माले कोभिड महामारी नियन्त्रण गर्न सबै नागरिकलाई खोप उपलब्ध गराइएका कारण जनजीवन सामान्य भएको उल्लेख गरे । यसले अर्थतन्त्र चलायमान भएको भन्दै ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने बताए । आगामी आवमा उत्पादन क्षमता फराकिलो हुने, थप पुँजी परिचालन, स्रोत परिचालन क्षमता बढ्ने, वैदेशिक लगानी, अनुदान बढ्दा समेत आर्थिक वृद्धिमा सहयोग पुग्ने उनले बताए ।

 

कृषि उपज तत्काल बढाउन सकिने र यसमा बिउ र मललाई प्राथमिकता दिइएको उनले बताए । दुई सिजनमै आत्मनिर्भर बन्न सकिने सम्भावना रहेको भन्दै चालु आवमा मलको अभाव हुन नदिने उनले बताए । आपूर्ति पक्षमा हुन सक्ने मुद्रास्फीति, बजार अनुगमन, पेट्रोलियम पदार्थको विकल्प ग्रीन इनर्जी बढाउने, तरलता, वैदेशिक लगानीका लागि सहज वातावरण बनाउने गरी बजेट आएको उनले बताए । विकास सम्बन्धी ऐन ल्याउने र काममा अवरोध भए अध्ययनका आधारमा संरचनागत पुनसंरचना गर्ने उनको भनाई छ । चिसापानी, पश्चिम सेती, बुढिगण्डकी, निजगढ, द्रुतमार्गको निर्माण प्रारम्भ गर्ने उनको भनाइ छ । यी आयोजनामा राज्यका जनता माथि ऋण बोकेर नभई, परियोजना वेशमा ऋण ल्याइने उनको भनाइ छ ।

गरिबीको उच्च घनन्व भएको क्षेत्रमा बजेट केन्द्रित भएको र सामाजिक सुरक्षाका कार्यक्रममा पनि जोड दिइएको उनले बताए । वन, कृषि, सहकारी, साना उद्योग प्रवर्द्धन गर्दै स्थानीय स्तरका कृषि हाटबजार, मेलालाई जोड दिने उनले बताए । यसले ८ लाख मानिसलाई गरिबी बाट बाहिर ल्याउन सकिने उनले बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports