प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विप्लवको पार्टीले असोजमा पार्टीको नवौँ महाधिवेशन गर्ने

611
shares

काठमाडौं ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी असोजमा पार्टीको नवौँ महाधिवेशन गर्ने मिति घोषणा गरेको छ । गत १२ देखि १७ जेठ सम्म बसेको नेकपा केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन १ देखि ८ असोज सम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो । त्यसअघि नेकपाले ५ भदौसम्म वडा र पालिका सम्मेलन तथा १५ भदौसम्म जिल्ला सम्मेलन गर्ने निर्णय गरेको पार्टीको केन्द्रीय समिति बैठकले गरेको छ । यसअघि नेकपाले फागुनमा पार्टीको महाधिवेशन गर्ने बताएको थियो । तर, स्थानीय तह निर्वाचनमा जाने विषयमा अन्तर विरोध बढेर पार्टी विभाजन भएपछि नेकपाले महाधिवेशनको नयाँ मिति तय गरेको हो ।

नेकपाका महासचिव विप्लवले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेकपा (बहुमत)का नेताहरू धमेन्द्र बास्तोला र हेमन्त प्रकाश वलीलाई सच्चिएर पार्टीमा फर्किन अनुरोध गरेका छन् । तर, पार्टीको केन्द्रीय समिति बैठकले भने उनीहरूलाई गम्भीर आरोपहरू लगाएको छ ।शुक्रबार सार्वजनिक गरेको पार्टीको विज्ञप्तिमा उनीहरूलाई ‘रुढीवादी, जडसुत्रवादी, बुर्जुवा अराजकतावादी र फुटवादी विचलन देखा परेको आरोप लगाइएको छ । साथै विज्ञप्तिमा पार्टी विभाजन अघि ती नेताहरूमा आर्थिक, संगठनात्मक, राजनैतिक विकृतिहरू देखिन थालेको उल्लेख छ ।

महासचिव विप्लवले स्थानीय तहको निर्वाचनमा भाग लिने विषयले पार्टी विभाजन भएको भन्दै आफूहरूले चुनावलाई क्रान्तिको एउटा अंगको रुपमा उपयोग गरेको बताए । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत नेताहरूलाई सुध्रिएर आए एकता हुनसक्ने बताए । ‘प्रचण्डजीले पनि एकताको कुरा गर्नुहुन्छ । पुरानै ठाउँमा फर्किनु भयो भने हामी छलफल र बहस गर्न तयार छौं,’ उनले भने, ‘तर, तपाइँहरू सुध्रिनुहुन्न भने तपाइँहरूको अन्त्यलाई कसैले बचाउनेवाला छैन ।’

अमेरिकी मन्त्रीले तिब्बती शरणार्थीलाई चीन विरुद्ध उचालेको आरोप

नेकपाका महासचिव विप्लवले अमेरिकी सहायक विदेशमन्त्री नेपाल भ्रमण आएको बेला तिब्बती शरणार्थीलाई भेटेर चीन विरुद्ध उचालेको आरोप लगाएका छन् । उनले यसलाई नेपालमा साम्राज्यवादी हस्तक्षेप तीव्र वेगमा बढिरहेको भन्दै दलाल पुँजीवादी व्यवस्थाका कारण नेपाल नवउपनिवेशमा फस्ने दाबी गरे ।

‘अस्ति एमसीसी सम्झौता भयो । अहिले एमसीसीको कार्यालयमा अमेरिकी कर्मचारी ओइरिँदै गरेका छन्,’ उनले भने, ‘अमेरिकी सहायक विदेशमन्त्री आएर खुलेआम तिब्बती शरणार्थी शिविरमा भ्रमण गर्ने र छिमेकी देशहरूको विरुद्धमा उचाल्ने खेल चलेको छ ।’ उनले यसलाई नेपालमा पछिल्लो समय गम्भीर खालका घटनाहरू घटिरहेका र दलाल पुँजीवादको आत्मसमर्पणवादी चरित्रले यस्तो भएको बताए । अहिलेकै अवस्थाको निरन्तरता भए कुनै पनि दिन नेपालको अर्थतन्त्र टाट पल्टिएको घोषणा हुन सक्ने भन्दै त्यसको विकल्पका रूपमा वैज्ञानिक समाजवादको स्थापना गर्नुपर्ने बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports