समाजवादी निकट युवा संघ नेपालको बैठक रोक्न पार्टी अध्यक्ष माधव नेपालले निर्देशन दिएपछि असन्तुष्टि उत्पन्न
वि.सं.२०७९ असार ३ शुक्रवार १३:१९
shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको बैठक रोक्न पार्टी अध्यक्ष माधवकुमार नेपालले निर्देशन दिएपछि असन्तुष्टि उत्पन्न भएको छ। युवा संघ नेपालको असार ३ र ४ गते बस्ने गरि तय भएको पदाधिकारी बैठक रोक्न नेपालले निर्देशन दिएपछि युवा संघका नेताहरु रुष्ट भएका छन्।
बैठक रोक्न पार्टीले लिखित सुर्कलर पठाएपछि संघका महासचिव दीपक जिएमले पार्टीका अध्यक्ष माधव नेपाल, नेताहरु झलनाथ खनाल, महासचिव बेदुराम भुसाल र उपमहासचिव विजय पौडेल लगायतको बोदार्थ सहित बैठक रोकेका छन्।
युवा संघको बैठक रोकिएपछि सम्मानित नेता झलनाथ खनालले संघका नेतारुलाई भेटेर यसबारे आफूले पार्टी अध्यक्ष नेपाल सँग कुरा गर्ने आश्वासन दिएका छन् ।




































