२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रियसभा बैठक अवरुद्ध गरे एमाले सांसदले

1.17K
shares

काठमाडौं ।राष्ट्रियसभाको शुक्रबारको दोस्रो बैठक नेकपा एमालेका सांसदले अवरोध गरेका छन् । उनीहरुले अर्थमन्त्रीको विरोध गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभा बाट सन्देश सहित प्राप्त विनियोजन विधेयक माथि २०७९ विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो । तर दोस्रो बैठक सुरु भए लगत्तै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्रीलाई समय दिने बित्तिकै एमाले सांसदहरु उठेर विरोध गरेका थिए ।

त्यसपछि एमाले सांसद खिमलाल भट्टराईले विरोध गर्नुपर्ने कारण बताउदै अर्थमन्त्रीले बजेट निर्माणका सवालमा गरेको विचौलिया राखेको भन्दै त्यो गम्भिर विषयमा छानविन गर्नुपर्ने बताए । त्यसक्रममा उनले अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने भएपनि त्यसो नगरिए पनि समिति गठन गर्न नमानिएकाले अर्थमन्त्रीलाई स्वीकार गर्न नसकिने बताए । त्यसपछि अध्यक्ष तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports