प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अपरहणको नाटक गरेर आफ्‍नै परिवार सँग २० लाख रुपैयाँ फिरौती माग्‍ने युवा पक्राउ

585
shares

काठमाडौं ।प्रहरीले अपरहणको नाटक गरेर आफ्‍नै परिवार सँग २० लाख रुपैयाँ फिरौती माग्‍ने युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजगणढ-३ घर भई ललितपुरको इमाडोलमा बस्‍ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको सन्वयमा विराटनगर बाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ । विभागका अनुसार उनले असार १ गते परिवारलाई आईएमई बाट रकम पठाउँछु भनी डेरा बाट हिडेको र पछि मोबाइल स्वीच अफगरी परिवारलाई फिरौत रकम माग्‍न अपरहणको नाटक गरेका थिए । उनले फिरौती रकमको लागि परिवारलाई नाटकीय रुपमा भिडियो क्लिप्स समेत पठाएको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनको माथि सार्वजनिक उपद्रयाई गर्न नहुने कसूर अन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी वर्त सातदोबाटो ललितपुर पठाइएको उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports