सुनसरी घटनाको जिम्मेवार भनेका प्रधानमन्त्री र गृहमन्त्री नै हुन् ?
वि.सं.२०८३ साउन २१ बिहीवार १०:४५
shares

काठमाडौ । श्रावण १० गतेदेखि सुनसरीमा भएको दुई समूहको विवादबाट सुरु भएको तनाव व्यवस्थापन गर्न गृहमन्त्रीले सुरुमा कफ्र्यु आदेश जारी गरेपछि सुरक्षा अधिकारीहरुको हेरफेर र सुरक्षाकर्मीहरु परिचालन गर्न प्राथिमिकता दिएका थिए । विवाद साम्य हुनुको बदला अन्य जिल्लाहरुमा समेत दंगा फैलियो र सरकार बल प्रयोग गर्न असफल सावित भयो । घटना भएको पाँचौँ दिनपछि गृहमन्त्री तराई मधेश झरेर सम्वादमा गृहमन्त्री आफैँ सक्रिय बने । घटना हुनासाथ गृहमन्त्री सुनसरी पुगेको भए अनाहकमा जनताले ज्यान गुमाउनुपर्ने थिएन ।
गृह प्रशासनसँग जोडिएका कुनैपनि घटना भएमा गृहमन्त्री आफैँ फिल्डमा पुग्ने गरेका भएपनि यस पटक यिनी चुकेका थिए । केही समय पहिला माइतीघरमा पुगेर उनले मिटरव्याजीहरुसँग वार्ता गरेका थिए । सोही वार्तामा सहमति समेत भएको थियो । तर गत आइतबार (१० गते) राती सुनसरीमा दुई समुदायबीचमा भएको झडपछि पनि उनले त्यस्तो सक्रियता देखाउन नसकेको भन्दै त्यसको व्यापक विरोध भएको थियो ।
सुनसरीको कप्तानगञ्ज मा १० श्रावण राती प्रहरीको गोली लागेर ३० वर्षीय ओम प्रकाश यादवको निधन भयो भने ९ जना स्थानीय घाइते भए । उपचारको क्रममा थप १ जनाको निधन भयो । सामान्य विवाद चलिरहेको बेला प्रहरीले अन्धाधुन्द गोली चलाएको आरोप स्थानीयले लगाउँदै आएका थिए । त्यस घटनाले सुनसरी बाहेकका अन्य जिल्लाहरुलाई समेत तरङ्गित बनाउन थालेपछि गृहमन्त्री सुधन गुरुङ सुरक्षा अधिकारीहरुको हेरफेरमा लागेका हुनाले र गृहमन्त्रालयमा बसेर सुरक्षा समितिको बैठक राखेर सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका थिए । उक्त समितिको बैठकमा गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका बलाधिकृत रथी प्रदीप कार्की सहभागि भएका थिए ।
सुरक्षा व्यवस्थालाई कडा पारेर परिस्थितिलाई नियन्त्रणमा लिने मनसाय गृहमन्त्रीका थियो । तर तनाव साम्य नभएपछि सुनसरीको घटनाको चौथो दिन उनले आफ्ना स्वकीय सचिव जेम्स कार्कीलाई घटनास्थलमा परिचालन गरेका थिए । उनीहरु सुनसरीमा नै हुँदा तनावग्रस्त क्षेत्रमा सुरक्षा संयन्त्रले उडाएको ड्रोनको दृश्य हेरेर बसेका थिए ।
बाक्लो सुरक्षाकर्मी परिचालन र सेना परिचालनपछि पनि परिस्थिति नियन्त्रणमा नआएपछि गृहमन्त्री आत्तिँदै सुनसरी पुगेका थिए । त्यसबेलासम्म गृहमन्त्री घटनास्थलमा पुग्न निकै ढिलो भैसकेको हुनाले अन्यले पनि ज्यान गुमाउनु प¥यो भने धेरै जनतालाई गोली लाग्यो । यसको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले नै लिनुपर्दछ ।




































