आज एकै दिन सुनको मूल्य ८००० ले बढ्यो, कतिमा हुदैँछ कारोवार ?
वि.सं.२०८३ साउन २१ बिहीवार १३:५२
shares
नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको मूल्य बढेको छ।
बुधबार तोलामा चार हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला आठ हजार रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
बुधबार सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा कारोबार भएको थियो।यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।बुधबार तोलामा चार हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार पाँच सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९५ रूपैयाँ बढेको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार दुई सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।





































