सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस दाहालको रणभुल्लमा नपर्नु नै वेश

689
shares

 

काठमाडौ । वितग लामो समयदेखि विश्व जगत नै कोरोना भाइरसका कारण आक्रान्त भईरहेको छ । नेपाल समेत त्यसबाट प्रभावित भईरहेको अवस्थामा अहिलेसम्म धेरै नेपाली जनताले ज्यान गुमाई सकेका छन् भने हजारौँ व्यक्ति संक्रमित भएका छन् । आफ्ना जनताले ज्यान गुमाईरहेको अवस्थामा राजनीतिक दलहरु भने सत्ता स्वार्थमा रुमलिएका छन् । सरकार परिवर्तन गरी सत्ता हत्याउने रणनीतिमा कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष सक्रिय भएपनि उनीहरुको प्रयास असफल भएको छ । केपी ओली नेतृत्वको सरकारलाई विस्थापित गर्ने वित्तिकै कोरोना भाइरस भोेग्न होइन जनताले आफूलाई आवश्यक पर्ने खोप र अक्सिजन पाउने पनि होइनन् । सरकारले जनताले चाहेजति काम गर्न नसक्नुको पछाडि राजनीतिक दलहरुपनि दोषी रहेका छन् । संसदको प्रमुख प्रतिपक्षी दलले प्रमुख विपक्षी दलको भूमिका समेत निभाउन सकेको देखिएन । विज्ञप्ति निकालेर सरकारको विरोध गर्ने काम बाहेक विपक्षी दलले अरु केही गर्न सकेको अवस्था देखिएन ।
सत्ताधारी दल नेकपा एमालेभित्रको आन्तरिक द्वन्द्वको फाइदा उठाउन खोज्ने कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादवको पक्षको रणनीति असफल भएपनि उनीहरु फेरी अर्को षड्यन्त्रमा लागेका छन् । केपी ओलीले यदि जेष्ठ ३० गते भित्रमा संसदबाट विश्वासको मत लिनुपर्ने सम्वैधानिक व्यवस्था भएकाले गर्दा कांग्रेस, माओवादी केन्द्र र उपेन्द्र यादव पक्ष फेरी नेकपा एमालेलाई एकीकृत हुन नदिनका लागि माधव नेपाल समूहलाई फकाईरहेका छन् । नेकपा एमालेभित्रको आन्तरिक द्वन्द्व समाधान गर्न ओली पक्ष र माधव नेपाल पक्षका ५÷५ जनाको वार्ता कार्यदल निर्माण भई उसले काम सोत थालिसकेको अवस्थामा अर्को पार्टी विभाजन गराउने उदेश्यले प्रेरित भएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सक्रिय हुनु भनेको बाँदरले आफ्नो घर पनि बनाउँदैन अरुले बनाएको घर पनि भत्काईदिन्छ भन्ने उखानलाई चरितार्थ गर्नु बाहेक अन्य केही हुन सक्दैन ।
नेपालका राजनीतिक दलहरु सिद्धान्तका लागि कहिल्यै विभाजित भएका छैनन्÷हैनन् । व्यक्तिगत स्वार्थ र व्यक्तिगत लाभ हानीका लागि प्रायः सबै पार्टीहरु विभाजित भईसकेका छन् । १० वर्षे जनयुद्ध लडेका माओवादी पार्टी सबैभन्दा बढी टुक्रामा विभाजित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले झण्डै ३३ वर्षदेखि पार्टीको नेतृत्व गर्दै आएका छन् । आफैँसँग जनयुद्ध लडेका मोहन बैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, गोपाल किराँती, सिपी गजुरेल, रामबहादुर थापा, लेखनाथ भट्ट लगायतका अन्य धेरैले माओवादी केन्द्र त्याग गरिसकेको अवस्थामा अहिले फेरी दाहालले अरुको पार्टीभित्र खेलेर आफ्नो स्वार्थ सिद्ध गर्न खोजेकै कारण नेकपा एमाले र जसपाभित्र द्वन्द्व बढेको प्रष्ट हुँदै गएको छ । आफ्नो घर राम्रोसँग समाल्न नसक्ने व्यक्तिले अरुको घर फुटाउन खोज्नु राजनीतिक अपराध हो । नेकपा एमालेका नेताहरुले दाहालको राजनीतिक उदेश्य बुझ्न अब ढिला गर्न हुँदैन नेकपा एमाले एक भएको खण्डमा दाहालको राजनीतिक उदेश्य कुनै हालतमा पनि पूरा नहुने भएपछि उनी अहिले आउँदो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र जसपाको मोर्चाबन्दी गरेर अघि बढ्नुपर्ने भन्दै कांग्रेसलाई रणभुल्लमा पार्ने प्रयासमा रहेका छन् । कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने अवस्था रहेकोले कांग्रेस दाहालको रणभुल्लमा पर्नु उसका लागि आत्महत्या गर्नु सरह हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports