भोलिसम्मको लागि माओवादी केन्द्रीय समिति बैठक स्थगित
वि.सं.२०७९ असार २२ बुधवार १३:२७
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बुधबार पनि नबस्ने भएको छ । बुधबार १ बजेका लागि निर्धारित बैठक बिहीबार ११ बजे बस्ने गरी सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्डको प्रतिवेदन माथि केन्द्रीय सदस्यहरुले धारणा राखेपछि मंगलबार प्रचण्डले जवाफ दिने कार्यक्रम थियो । तर मंगलबार पदाधिकारी, स्थायी समिति, पोलिट्व्यूरो समिति लगायत पार्टी संरचनाको विषयमा छलफल गर्न बैठक स्थगित गरिएको थियो ।




































