विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे सम्मका लागि स्थगित

546
shares

काठमाडौं ।प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे सम्मका लागि स्थगित भएको छ । बुधबार विहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजे सम्म सुरु हुन नसकेपछि सूचना टाँसेर बैठक सारिएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो । अर्थमन्त्री जनार्दन शर्माको दल माओवादी केन्द्र छानबिन समिति बनाउन सहमत देखिएको छ । तर त्यसअघि अर्थमन्त्री शर्माले आफ्नो धारणा प्रतिनिधिसभामा राख्न चाहेका छन् ।

एमालेले भने शर्मालाई बहिस्कार गर्दै आएको छ । यसबारे अहिले पनि संसदमा रहेका प्रमुख दलहरु बीच छलफल चलिरहेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports