प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदीय छानबिनलाई सघाउन राजीनामा दिएको भन्दै निर्दोष सावित भए पुनः अर्थ मन्त्रालयमा जर्नादन शर्मा फर्किने छन् : वर्षमान पुन

806
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमन्त्री जर्नादन शर्माले संसदीय छानबिनलाई सघाउन राजीनामा दिएको भन्दै निर्दोष सावित भए पुनः अर्थ मन्त्रालयमा फर्किने बताएका छन् ।

‘अहिले छानबिनका लागि उहाँले मार्ग प्रशस्त गर्नुभएको हो,’ संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरु सँग कुरा गर्दै उनले भने, ‘छानबिन हुन्छ । उहाँले निर्दोष छु भन्नुभएको छ। उहाँ निर्दोष हो भने उहाँ नै अर्थमन्त्री हुनुहुन्छ । अर्को कोही मान्छे अहिले पठाउँदैनौं ।’

नेता पुनले पार्टीले राजीनामा दिँदा राम्रो हुन्छ भन्ने सुझाव दिएको पनि खुलाए । विगतमा मन्त्री माथि छानबिन गर्न यस्ता समिति बन्दा राजीनामा दिएको उदाहरण नभए पनि शर्माले दिएको उनले बताए । ‘पार्टीले पनि राजीनामा दिँदा राम्रो हुन्छ भन्ने सुझाव दिएको हो,’ उनले भने, ‘यद्यपि उहाँले राजीनामा दिन अनिवार्य थिएन । विगतमा बजेटका बारेमा विष्णु पौडेलजीका बारेमा कुरा उठेर संसदीय समिति बन्यो तर उहाँले राजीनामा दिनुभएन ।’

पुनले थपे, ‘भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा बजेट लिक भयो भनेर संसदमा आवाज उठ्यो, समिति बन्यो तर उहाँले राजीनामा दिनुपरेन । अर्थमन्त्रीजीले उच्च नैतिकता देखाउनुभएको छ। छानबिनलाई सहयोग गर्छु भन्नुभएको छ, त्यो स्वागतयोग्य कुरा हो ।’

छानबिनको काम पुरा नहुँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले दोषी करार गर्न खाजेको भन्दै पुनले त्यो पूर्वाग्रही र राजनीतिक उदेश्यले प्रेरित रहेको समेत टिप्पणी गरे । ‘पहिले नै पूर्वाग्रह राखेर छानबिन सुरु गर्ने भनेको त्यो पूर्वाग्रही सोच हो’, उनको भनाइ छ, ‘त्यसमा राजनीतिक उद्देश्य देखिन्छ । तर, संसदीय समितिले निष्पक्ष र स्वतन्त्र ढंगले काम गर्नुपर्छ ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports