प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बेलायती प्रधानमन्त्री कीर स्टार्मरले पदबाट दिए राजिनामा

455
shares

एजेन्सी । बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले राजीनामा दिएका छन् । लेबर पार्टीभित्रबाट बढ्दो दबाब र पार्टीका सांसदहरूको तीव्र असन्तुष्टिपछि स्टार्मरले राजीनामाको घोषणा गरेका हुन् ।

यद्यपी, लेबर पार्टीले नयाँ नेता चयन नगरेसम्म उनी कार्यवाहक प्रधानमन्त्रीका रूपमा पदमा रहिरहनेछन । उनले सोमबार बिहानै राजा चाल्र्सलाई भेटेर आफ्नो राजीनामाबारे जानकारी गराइसकेका छन् ।

आफ्नो सरकारी निवास १० डाउनिङ स्ट्रिटबाहिर देशवासीलाई सम्बोधन गर्दै स्टार्मरले भने, ‘मैले सधैँ आफूले माया गर्ने देशलाई पहिलो प्राथमिकतामा राखेर निर्णय लिएको छु। मेरो पार्टीले आगामी चुनावमा नेतृत्व गर्न म उपयुक्त व्यक्ति हुँ कि होइन भनेर प्रश्न गरिरहेको छ, र म त्यसको जवाफ स्वीकार गर्छु। त्यसैले म लेबर पार्टीको नेताको रूपमा राजीनामा दिँदैछु ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports