प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विभूषण समितिको सदस्यमा नियुक्त हुनु भएकोमा हजुरलाई बधाई

663
shares

काठमाडौं ।सरकारले विभूषण समितिको सदस्य बाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर उनको ठाउँमा संगीतकार शम्भुजीत बास्कोटालाई ल्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन् । अन्य सदस्य भने यथावत राखिएको छ ।

‘समितिका सदस्यहरु रहनुभएका अन्य सदस्यहरुलाई यथावत रहने गरी कलाकार श्री मदनदास श्रेष्ठको सट्टामा कला क्षेत्र बाट संगीतकार शम्भुजीत बास्कोटालाई तोक्ने निर्णय भएको छ,’ उनले भने ।

विभूषण समितिमा उपप्रधानमन्त्री वा मन्त्रिपरिषद्का वरिष्ठ मन्त्री अध्यक्ष, गृहमन्त्री सदस्य, राष्ट्रिय जीवनमा उल्लेखनीय व्यक्तिहरु मध्येबाट समावेशी सिद्धान्तको आधारमा मन्त्रिपरिषद्ले तोकेको महिला सहित ६ जना सदस्य रहन्छन् । गृहसचिव समितिको सदस्य सचिव रहने व्यवस्था छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports