विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदमा एमालेले गर्यो गभर्नर अधिकारीको बचाउ

728
shares

काठमाडौं ।एमालेले प्रतिनिधि सभा बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बचाउ गरेको छ । बिहीबार संसदमा सत्तापक्ष सांसदहरुले प्रचलित कानुन विपरित गभर्नर अधिकारी एमालेको सदस्य रहेको भन्दै छानविन गर्न माग गरेपछि एमालेले बचाउ गरेको हो ।

एमाले सांसद कृष्णभक्त पोखरेलले गभर्नर महाप्रसाद अधिकारी आफ्नो दलमा नरहेको भन्दै बचाउ गरेका हुन् । उनले भने–‘एम अधिकारी भन्ने व्यक्ति एमालेको अर्थ विभागमा रहेको र उहाँ राष्ट्र बैंकको गभर्नर हो भनी सत्तापक्षका सांसदहरुले अर्थ मन्त्रालयको असक्षमता लुकाउन विषयान्तर गरी मनोगत भावना राखेको देख्दा दया भाव जागिरहेको छ । स्वंय महाप्रसादजीले म कुनै पार्टीमा छैन भन्ने वक्तब्य दिइरहेको विषय संसदमा प्रश्न उठाउन मिल्ने विषय पनि हैन ।’

उनले गठबन्धन सरकारले अवैध अर्बौ रुपैयाँ वैध बनाउन दिएको आदेश नमान्दा देश श्रीलंका जस्तो हुन्छ भन्ने सत्तापक्षको बुझाई हो भने त्यसमा एमालेको दया भाव बाहेक अरु केही नजाग्ने टिप्पणी गरे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports