विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसकी सांसद पुष्पा भुसाललाई उपभासमुखको उम्मेदवार बनाउने तयारी

676
shares

काठमाडौं ।पाँच दलीय सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई उपभासमुखको उम्मेदवार बनाउने तयारी गरेको छ । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि पर्सी ३१ गते निर्वाचन हुँदैछ । संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

उम्मेदवार चयन गर्ने विषयमा गठबन्धनका नेताहरु बीच छलफल भएको छ । छलफलका आधारमा भुसाललाई उम्मेदवार बनाउने गरी गृहकार्य अगाडि बढाइएको छ । तर, कांग्रेसमा उपसभामुखका लागि भुसाल बाहेक डिला संग्रौला लगायतले पनि दाबी प्रस्तुत गर्दै आएका छन । भुसालले भने उपसभामुख भन्दा मन्त्रीका लागि चाहना राख्दै आएकी थिइन् । नेताहरुका अनुसार मन्त्री नभए प्रमुख सचेतक पाउनुपर्ने भुसालको दाबी थियो । तर, उपसभामुख संवैधानिक परिषदको सदस्य समेत रहने भएकाले भुसाललाई नै उपसभामुख बनाउनुपर्ने भनी प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रस्ताव राखेको कांग्रेसका नेताहरु बताउँछन् ।

सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । सभामुखमा माओवादी केन्द्रका तर्फ बाट सांसद निर्वाचित अग्निप्रसाद सापकोटा छन् । संवैधानिक व्यवस्था अनुसार उपसभामुखमा माओवादी केन्द्र बाट निर्वाचित सांसद दाबेदार हुन पाउँदैनन् । सभामुखमा पुरुष भएकाले उपसभामुखमा महिला मात्रै उम्मेदवार हुन पाउँछन् ।गठबन्धनमा रहेको जनता समाजवादी पार्टीलाई उपसभामुख दिने विषयमा छलफल भएको छैन । राष्ट्रिय जनमोर्चाले उपसभामुख नबन्ने सार्वजनिक रुपमै बतायो । नेमकिपा र राप्रपामा महिला सांसद नभएकाले ती दल बाट उपसभामुख चुनिन पाउने अवस्था छैन ।

यस हिसाबले जसपा, लोकतान्त्रिक समाजवादी, कांग्रेस र  एमाले बाट उपसभामुखको उम्मेदवार हुन पाउँछन् । लोकतान्त्रिक समाजवादीलाई उपसभामुख दिएर सत्तागठबन्धनमा ल्याउने प्रयास गरिएको भए पनि लोसपासँगको थप सहकार्यको विषय प्रष्ट गर्न नसकिएकाले आफैँले उपसभामुख राख्न खोजेको स्वमं कांग्रेस नेताहरु बताउँछन् । स्पष्ट बहुमत भएकाले सत्ता गठबन्धनले जसलाई उम्मेदवार बनाउँछ उही सभामुख चुनिनेछन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा अहिले एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्र समेत गरी ४ जना सांसद छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports