प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गठबन्धन झुट पर्सेप्सन सिर्जना गर्न माहिर छ : विष्णु रिमाल

702
shares

काठमाडौँ ।नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले “गभर्नर एमाले” भन्ने डिस्इन्फरनेशन प्रवाह गरी अदालतलाई प्रभावित गर्ने रणनीतिमा लागेको बताएका छन् ।उनले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् । उनले गठबन्धन झुट पर्सेप्सन सिर्जना गर्न माहिर रहेको बताए । अर्थतन्त्र माथिको अपराधिक हर्कतमा गभर्नरले सहयोग नगरेको झोंक रहेको वुधबारको संसद बैठकमा प्रस्तुत कांग्रेस तथा माओवादीका नेताहरुको प्रस्तुतिबाट स्पष्ट भएको उनको भनाइ छ ।

एमाले अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालको स्टाटस सेयर गर्दै सम्बन्धित पक्षले गभर्नर नभएको स्पष्टोक्ति दिइसक्दा पनि याँ-उँ किन भनी रिमालले प्रश्न समेत गरेका छन् । अर्थ विभागको सदस्यमा एम. अधिकारी समावेश भएपछि मंगलबार सत्तारुढ दल बाट गभर्नर भएको भ्रम फैल्याइएको थियो । यसमा गभर्नर आफैँले त्यो व्यक्ति आफू नरहेको हिजै प्रष्ट पारेका थिए । त्यस्तै, विभागका प्रमुख भुसालले पनि विभागका सदस्य अधिकारी गभर्नर नभएको स्पष्ट पारिसकेका छन् ।

रिमालको टिप्पणीः

गठबन्धन झुठो पर्सेप्सन क्रियट गर्न माहिर छ। बहिर्गमित अर्थमन्त्रीको नेतृत्वमा भएको अर्थतन्त्र माथिको आपराधिक हर्कतमा गभर्नर “सहयोगी” नबनेको झोंक रहेछ भन्ने त आजको संसदमा नेका–माके हरूको प्रस्तुति बाट प्रष्ट हुन्छ । त्यस माथि “गभर्नर एमाले” भन्ने डिस्इन्फरनेशन प्रबाह गरी अदालतलाई प्रभावित गर्ने रणनीति स्पष्ट बुझिन्छ ।

अन्यथा संम्बन्धित व्यक्ति म त्यो हैन भन्दै हुनुहुन्छ, सिफारिस गर्ने र निर्णय गर्ने आधिकारिक व्यक्तिहरू त्यो उहाँ हैन भनिरहनु भएको छ भने यो या‘–उँ किन?

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports