विश्वकप : अर्जेन्टिना नकआउट चरणमा प्रवेश , मेसी बने हाल सम्म सर्वाधिक गोल गर्ने खेलाडि
वि.सं.२०८३ असार ९ मंगलवार ०६:४२
shares

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘जे’ मा अस्ट्रियालाई २–० गोलले हराउँदै अर्जेन्टिनाले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
डलास स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले दुवै गोल गर्दै टोलीलाई जित दिलाएका मात्र थिएनन्, विश्वकप इतिहासमा नयाँ कीर्तिमान पनि कायम गरे ।खेलको ३८ औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । मेस्सीले नै इन्जुरी समय (९० प्लस ५ औं मिनेट)मा दोस्रो गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।
अस्ट्रियाविरुद्धको दुई गोलले मेस्सीको विश्वकपमा कुल गोल संख्या १८ पुगेको छ र उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । यसअघि जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोस १६ गोलका साथ विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता थिए ।
जारी विश्वकपमा यसअघि अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक गरेपछि उत्कृष्ट लयमा रहेका मेस्सीले क्लोसलाई पछाडि छोड्दै यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् ।




































