आफ्नो पार्टी भित्र विवाद रहेको पार्टी सभापति रविद्धारा स्वीकार
वि.सं.२०८३ असार ९ मंगलवार १६:३६
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशनका क्रममा पार्टीभित्र विवाद र मनमुटाव रहेको स्वीकार गरेका छन् ।
चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले पार्टीभित्र विवाद र मनमुटाव रहेको स्वीकार गरेका हुन् । तर, उनले कुनै पनि विवादलाई सडकमा नलैजान पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिँदै रास्वपालाई विश्वास गरेर मत दिएका जनताका लागि भए पनि कुनै गुटबन्दी नगर्न आग्रह समेत गरे ।



































