linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको भातृ संस्था नेपाल राष्ट्रिय मगर संघको केन्द्रीय सभापतिमा दिनेश थापामगर चयन

845
shares

काठमाडौं ।नेपाली कांग्रेसको भातृ संस्था नेपाल राष्ट्रिय मगर संघको केन्द्रीय सभापतिमा दिनेश थापामगर चयन भएका छन् ।

शनिबार बसेको संघको केन्द्रीय समितिको बैठकले सभापतिमा थापालाई सर्वसम्मत रुपमा चयन गरेको हो । नेपाली कांग्रेसमा लामो समय देखि विभिन्न जिम्मेवारीमा रहेका थापामगर नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागको निवर्तमान सचिव हुन् ।

नेपाल राष्ट्रिय मगर संघको संस्थापक सचिव, महासचिव, उपसभापति हुदै सभापति चयन भएका थापामगरले लोकतन्त्रमा आस्थावान मगर समुदायलाई पार्टी एवं राज्यका विभिन्न तहमा स्थापित गर्न आफ्नो भूमिका केन्द्रित हुने बताए । उनले निर्धारित समयमा नै राष्ट्रिय महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने पनि प्रतिबद्धता जनाए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports