प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतले जित्यो साफ यू-२० उपाधि

611
shares

काठमाडौं ।गुर्किरत सिंहले चार गोल गरेपछि बंगलादेशलाई हराउँदै घरेलु टोली भारतले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ। निर्धारित समय सम्म २-२ गोलको बराबरीमा भएको खेलको अतिरिक्त समयमा भारतले थप तीन गोल गर्दै ५-२ गोल अन्तरमा उपाधि रक्षा गरेको हो।

भुवनेश्वर स्थित कालिंगा रंगशालामा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलको पहिलो मिनेटमै भारतले गोल गर्दै सुरूआती अग्रता लिएको थियो। भारतले पेनाल्टी मार्फत गोल गरेको थियो। पहिलो हाफको अन्तिम मिनेटमा बंगलादेशले बराबरी गोल फर्कायो। राजन होव्लादरले पेनाल्टी क्षेत्र भित्र बाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरूआतमै बंगलादेशले अग्रता लियो। खेलको ४८ औं मिनेटमा शमिम मियाले सानदार गोल गर्दा बंगलादेशले अग्रता लियो। खेलको ६० औं मिनेटमा नै भारतले खेल पुनः बराबरी गर्‍यो। गुर्किरतले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई खेलमा फर्काए। उनले पेनाल्टी क्षेत्र बाहिर बाट दर्शनीय गोल गरेका थिए। निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त ३० मिनेटमा लम्बिएको थियो ।

अतिरिक्त समयको पहिलो हाफमै भारत २ गोल गर्न सफल भयो। ९१ औं मिनेटमा हिमांशुले गोल गर्दै भारतलाई अग्रता दिलाए। त्यसको दुई मिनेटमै भारतले अग्रता दोब्बर पार्‍यो। यो सँगै गुर्किरतले ह्याट्रिक पूरा गरे। यस्तै खेलको ९८ औं मिनेटमा गुर्किरतले अर्को गोल थपे।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports