नेपाल समाजवादी पार्टीको बैठक आज बस्दै
वि.सं.२०७९ साउन २१ शनिवार ०७:५६
shares

काठमाडौं ।नेपाल समाजवादी पार्टीको बैठक आज बस्दैछ । काठमाडौंमा हुने बैठकमा विविध एजेन्डा माथि छलफल हुने पार्टीले जनाएको छ ।
बैठकमा संगठन निर्माण सम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी निर्णय हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए ।
यसका साथै बैठकमा आगामी निर्वाचन बारे पनि छलफल हुने र चुनावी रणनीति बारे आवश्यक निर्णय हुने पनि बताइएको छ । निर्वाचन आयोग सम्बन्धी कार्य तथा अन्य विविध विषयमा पनि बैठकमा छलफल हुनेछ ।





































