लोसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक, चुनावी गठबन्धन, निर्वाचन तयारी प्रक्रिया र संगठन विस्तार लगायतका विषयमा छलफल हुने
वि.सं.२०७९ साउन २१ शनिवार ०८:००
shares

काठमाडौं ।लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको चुनावको मिति घोषणा भए सँगै लोसपाले कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।
सोमबारका लागि बोलाइएको बैठकमा चुनावी गठबन्धन, निर्वाचन तयारी प्रक्रिया र संगठन विस्तार लगायतका विषयमा छलफल हुने लोसपाले जनाएको छ ।
आगामी निर्वाचनमा चुनावी तालमेल गरेर नै जाने लोसपाले निर्णय गरिसकेको छ । तर कुन दल सँग तालमेल गर्ने अझै निर्णय गरिसकेको छैन ।





































