प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करले महिलाको निधन पछि आफन्तको प्रदर्शन

1.47K
shares

सुर्खेत ।माेटरसाइकलकाे ठक्कर बाट एक महिलाको निधन भएको विषयलाई लिएर शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आफन्तले आन्दोलन गरेका छन् । शुक्रबार दिउँसो रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगरको बुदबुदीचोक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोटरसाइकलले वीरेन्द्रनगर नगरपालिका-१२ कि ४३ वर्षकी बालकुमारी नेपालीलाई ठक्कर दिएको थियो । उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा निधन भएको थियो ।

मृतकका आफन्त र परिवारका सदस्यले क्षतिपूर्ति र ठक्कर दिने मोटरसाइकलका चालकलाई कारबाहीको माग गर्दै यातायात बन्द गराएका थिए । केहीबेर यातायातका साधन बन्द गर्न खोजे पनि सम्झाइबुझाई गरेपछि राेकिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले बताए ।

मृतकका आफन्त र प्रशासन बीच छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीले मोटरसाइकल चालक सुर्खेतकै भेरिगंगा नगरपालिका–११ का २० वर्षीया बिनोद खड्कालाई पक्राउ गरि आवश्यक कारवाही अगाडी बढाएको जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports