प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाणिज्य बैंकहरूको मुनाफा बढ्यो राष्ट्रिय बाणिज्य बैंक पहिलो, कुन बैकको मुनाफा कति ?

715
shares

काठमाडौं ।वाणिज्य बैङ्कहरूको नाफा २३ प्रतिसतले बढेको छ । गत आवमा बैङ्कहरूले अघिल्लो आवको तुलनामा २३.१४ प्रतिसतले नाफा बढाउन सफल भएका छन् । गत आवका वाणिज्य बैङ्कहरूले ७४ अर्ब ८० करोड मुनाफा आर्जन गरेका छन् । गत आवको सुरुवाती देखिनै बैङ्कहरूमा तरलता अभावको बावजुत बैङ्कहरूले आफ्नो मुनाफा बढाउन सफल भएका छन् । ३ वाणिज्य बैङ्कको नाफा घट्दा अन्य २३ ओटा बैङ्कहरूले बढाएका छन् । कोरोनाको असर बाँकी नै रहेको अवस्था र कर्जा लगानी सोचे जति गर्न नपाएको अवस्थामा पनि बैङ्कहरूको ग्रोथ राम्रो देखिएको हो ।

अघिल्लो आवमा तेस्रो भएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क गत आवमा १ नम्बरको ताज पाउन सफल भएको छ । सरकारी फन्डको परिचालनले गर्दा बजारमा आक्रामक लगानी गर्न सफल राष्ट्रिय वाणिज्य बैङ्कले अन्य निजी बैङ्कहरूलाई उछिनेको हो । अघिल्लो आवमा १ नम्बर बनेको नविल बैङ्क गत आवमा तेस्रो बनेको छ । राष्ट्रिय वाणिज्य बैङ्कले ५ अर्ब २१ करोड मुनाफा आर्जन गर्दा निजी क्षेत्रको ग्लोवल आईएमई बैङ्कले ५ अर्ब २० करोड नाफा गर्न सफल भएको छ । त्यस्तै तेस्रो नम्बरमा रहेको नविल बैङ्कले ४ अर्ब ९७ करोड मुनाफा गरेको हो । अघिल्लो अवामा पनि चौथो नम्बरमा रहेको नेपाल इन्भेस्टमेन्ट बैङ्क गत आवमा पनि चौथो भएको छ ।

गत आवमा स्टाडर्ड चाटर्ड, माछापुच्छ्रे, सिटिजन्स, एभरेस्ट, प्रभु, सनराइज, एनसिसि बैङ्कको नाफामा व्यापक ग्रोथ भएको छ । आव २०७७/७८ मा अन्तिम अवस्थामा रहेको सिभिल बैङ्कले सेन्चुरी बैङ्कलाई उछिनेको छ । २६ वाणिज्य बैङ्क मध्ये अघिल्लो आवमा अरबपति क्लबमा पुग्न नसकेका नेपाल एसविआई, सिभिल र सेन्चुरी सबै गत आवमा अरबपति क्लबमा पुगेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports