विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तीन/तीन तहको सरकार हुदा पनि फोहोर उठाउन नसक्नु लज्जास्पद : विश्वप्रकाश शर्मा

572
shares

काठमाडौं  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताएका हुन् ।

उनले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने बताए । उनले फोहोर समस्याको दीर्घकालिन समाधानका लागि सबै राजनीतिक दलहरुले साझा ढंगले सोच्नुपर्ने बताए । महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाँका नागरिकहरुको मागको पनि राज्यले सम्बोधन गर्नुपर्ने बताए ।

उनले भने, ‘तीन तहको सरकार हुँदै गर्दा पनि बिहान र साँझको गरेर दुई खेपको फोहोर उठाउन नसक्ने अवस्था भनेको लज्जास्पद कुरा हो । मैले अपिल गर्नैपर्छ, भन्नैपर्छ, विहान एक छाकको साँझ एक छाकको गरेर दुई छाकको सम्म फोहोर उठाउन तीन/तीन तहको सरकारले नसक्ने खालको लज्जित अवस्था बाट यसलाई अन्त्य गर्नुपर्छ । ’ उनले समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तह सबै जिम्मवार हुनुपर्ने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports