विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साउन्ड सिस्टममा समस्या देखिएपछि राष्ट्रियसभाको बैठक स्थगित

234
shares

काठमाडौँ । ‘साउन्ड सिस्टम’मा समस्या देखिएपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले साउन्ड सिस्टममा समस्या देखिएपछि बैठक केही बेरलाई स्थगित गरिएको जानकारी दिए ।

१७ मिनेटसम्म बैठक चलेपछि सभाको प्रत्यक्ष प्रसारणमा अडियो नआएपछि बैठक स्थगित गरिएको हो ।अडियो नआउँदा रेकर्डमा समेत समस्या भएको भनेर बैठक नै स्थगित गरिएको प्रवक्ता गिरीले जानकारी दिए । उनले प्राविधिक समस्या समाधान भए लगत्तै बैठक सुरु हुने जानकारी दिए ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले प्रतिनिधिसभाबाट पारित भएर गएका अध्यादेश प्रतिस्थापन विधेयक सहितका विधेयकहरू बारेको सन्देश टेबुल गर्ने, विनियोजन विधेयकमाथिको छलफल गर्ने विषय कार्यसूचीमा छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports